UPDATE : वाग्ले पक्राउ प्रकरण : सुटिङ प्रायोजनको लागि बनेको थियो पैसा

निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले बुधबार पक्राउ गरेको छ । उनलाई २ करोड नेपाली नक्कली मुद्रा सहित पक्राउ गरेको महानगरिय प्रहरी श्रोतले जानकारी दिएको छ । वाग्ले सहित अन्य केहि व्यक्ति पनि पक्राउ परेको र केहीबेरमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्बजनिक गरिने प्रहरी श्रोतले जानकारी दिएको छ ।

के भएको थियो ?
फिल्म ‘चङ्गा चेट’ सुटिङका लागि बनाइएको नक्कली पैसा फिल्मको आर्ट टिमबाट बाहिरिएको बुझिएको छ । फिल्म चङ्गा चेटको प्रयोजनका लागि निर्माता माधब वाग्लेले फिल्म कि आर्ट डिरेक्टर मेनुका राईलाई नक्कली पैसा बनाउन लगाएकोमा मेनुकाले उनको असिस्टेन्ट सुदिप लामालाई नक्कली पैसा छाप्नका लागि भनेकी थिइन् । लामाले पनि आफ्ना असिस्टेन्ट माइकल भनिने एक व्यक्तिलाई दिएको र सोहि आर्टको टिमले फिल्ममा नक्कली पैसाको प्रयोजन पश्चात प्रोडक्सन टिमलाई सो पैसा दिनु पर्नेमा केहि पैसा दिएर बाँकी आँफैले राखेको र नक्कली पैसा अफैसंग राखेका व्यक्तिले होटलमा खाने क्रममा नक्कली पैसा दिएको र यो प्रकारण प्रहरी सम्म पुगेको फिल्म चङ्गा चेटका निर्देशक दीपेन्द्र के खनालले मेरोफिल्मलाई जानकारी दिएका छन । उनले भने, ‘फिल्म सुटिङको प्रायोजनका लागी पैसा बनाउन माधव दाईले आर्ट डिरेक्टरलाई भन्नु भएको रहेछ । तर आर्ट टिमको हेलचक्राई र लापरवाहिका कारण यो घटना हुन पुग्यो । आर्ट टिमले गरेको छलकपटमा माधव दाई पर्नु भयो ।’
प्रहरीको प्रेस बिज्ञप्ति यस्तो छ