डि सिने अवार्डमा बसुन्धरालाई ‘छाँयाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’


डि सिने अवार्ड २०७५मा अभिनेत्री बसुन्धरा भुषाललाई ‘छाँयाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिने भएको छ । छायाँछवि क्रियशनको आयोजना रहेको ‘डि सिने अवार्ड’मा भुषालसँगै वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र कलाकार तथा निर्मात्री मौसमी मल्ललाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिनेछ । यस्तै आयोजकले पत्रकार श्याम अर्याललाई वर्षको ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानित हुने स्रष्टालाई जेठ १० गते सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।