निर्माता वाग्ले पक्राउ प्रकरण : गम्भीर ध्यानाकर्षण भएको छ – निर्माता संघ

निर्माता माधव वाग्ले पक्राउ प्रकरणमा चलचित्र निर्माता संघले प्रेस बिज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वाग्लेलाई फसाउने कार्य गरेको स्पष्ट हुदाहुदै उल्लेखित कार्यमा कुनै पनि किशिमको संलग्नता नरहेको व्यक्ति माधव वाग्ले उपर अभियोग लगाई कानुनी प्रक्रिया अगाडी बढाउनु मनासिब नरहेको यस संघको ठम्याई रहेको छ भन्दै निर्माता संघले बिज्ञप्ति जारी गरेको छ । निर्माता संघले जारी गरेको प्रेस बिज्ञप्ति यस्तो छ :
आज मिति २०७५/०२/०२ गते बुधबार, यस नेपाली चलचित्र निर्माता संघका प्रथम उपाध्यक्ष्य श्री माधव राज वाग्लेलाई नक्कली नोटको कसुरमा प्रहरी नियान्त्रणमा लिएको सम्बन्धमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । चलचित्र छायांकनका लागि सिनेमाको कथाबस्तु अनुसार आवस्यक पर्ने नेपाली नक्कली रुपया छपाई गर्ने प्रचलन यस अघि समेत रहिआएको छ । नेपाल सरकार चलचित्र बिकाश बोर्डबाट चलचित्र निर्माण इजाजत लिई नेपाली चलचित्र चंगा चेटको छायांकन कार्य धमाधम भैरहेको र सो चलचित्रक केहि दृश्यहरु छायांकन गर्न बाकि रहेको अवस्थामा सुटिंग युनिटका केहि श्रमजीवी व्यक्तिबाट क्षणीक स्वार्थका लागि गलत मनसायका साथ् नक्कली नोट सिनेमा प्रयोजनको लागि भनि उल्लेखित नोट मै लिखित रुपमा स्पष्ट खुलाइएको सो नक्कली नोटहरुको प्रयोग गरिनु आफैमा निन्दनीय, गैरकानुनी र निर्माता माधव वाग्लेलाई फसाउने कार्य गरेको स्पष्ट हुदाहुदै उल्लेखित कार्यमा कुनै पनि किशिमको संलग्नता नरहेको व्यक्ति माधव वाग्ले उपर अभियोग लगाई कानुनी प्रक्रिया अगाडी बढाउनु मनासिब नरहेको यस संघको ठम्याई रहेको छ । चलचित्र निर्माण पक्षको जानाजान व्यक्तिगत हितका लागि कानुनलाई ठाडै चुनौती दिने मनसाय नभई बिशुद्ध रुपमा नक्कली नोट सिनेमा प्रयोजनका लागि भनि उल्लेख गरि छापिएको उल्लेखित नक्कली नोट चलचित्र छायांकन समाप्त पश्चात नष्ट गर्ने प्रक्रिया र प्रचलन यस अघि समेत नेपाली चलचित्र क्षेत्रमा रही आएको हुदा निर्माता एवं संघका प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई कानुन सम्बत अबिलम्ब रिहा गरिदिनहुन यस संघ जोडदार माग गर्छ ।