‘सुपरम्यान’ हिरोइन मार्गोट किडरको मृत्यु

- मेराेफिल्म

हलिउड अभिनेत्री मार्गोट किडरको आइतबार मृत्यु भएको छ । उनी फिल्म ‘सुपरम्यान’ मा हिरोइनको भूमिकाबाट चर्चामा आएकी थिइन् । मार्गोट किडरको ६९ वर्षमा मोन्टाना स्थित उनको घरमा निधन भएको हो ।

उनको मृत्युको खबर म्यानेजर कैमिला फ्लक्समैन पाइन्सले दिएका थिए । उनको अनुसार मार्गोट किडरको सुतेको अवस्थामै मृत्यु भएको हो । फिल्म सुपरम्यानमा उनको लुईस लेन भूमिकालाई दर्शकहरुले निकै मन पराएका थिए । उनले आफ्नो जीवनमा कुल २० वटा फिल्ममा काम गरेकी थिइन् । १९८० सालमा क्यानाडाको प्रधानमन्त्री पियर ट्रूडोसंग प्रेम-सम्बन्धमा रहेको चर्चा समेत चलेको थियो ।

२०७५ जेठ ३ गते ९:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *