विवाह लगत्तै सोनम दम्पत्ति विवादमा

बलिउड अभिनेत्री सोनम कपुर विवाह लगत्तै विवादमा परेकी छन् । उनको विवाह बैशाख २५ गते व्यापारी आनन्द आहुजासँग विवाह भएको थियो । तर विवाहको केहि दिन पुग्न नपाउँदै विवाद बढेको छ । यी दुईको विवाहलाई लिएर एउटा समुदायले आपत्ति जनाएको छ । शिख रीति रिवाजको उल्लंघन गरेर सोनम र आनन्दले विवाह भएको भन्दै उक्त समुदायले विरोध जनाएको हो ।

विवाहको क्रममा आनन्दले ‘रहत मर्यादा’ को उल्लंघन गरेको आरोप लागेको छ । उनीहरुका अनुसार आनन्दले टाउकोमा बाँधेको पगडी शिख धर्मविपरित हो । शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका वरिष्ठ सदस्यहरुले सोनम र आनन्दको विहेमा रीति रिवाज र परम्पराको सही तरिकाले पालना नगरिएको भन्दै आलोचनामा उत्रिएका हुन् ।

उनीहरुले शिरोमणि गुरुद्वारेका प्रबन्धकमाथि रीति रिवाज उल्लंघनको आरोप लगाएपछि विहे विवादमा परेको हो । विवाहका कारण आक्रोशित भएको समुदायले विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् ।