करिश्मालाई निर्देशक बन्ने आँट नआएपछि एसइइको बहाना त होइन ?

अभिनेत्री करिश्मा मानन्धरले फिल्म निर्देशन गर्छु भनेर मिडियामा बताएको लामै भैसक्यो । करिश्मा मानन्धरले फिल्म निर्देशन गर्छु भनेपछि अभिनेत्री झरना थापाले फिल्म निर्देशन गरेर हिट बनाइसकिन् । तर, करिश्माको फिल्म निर्देशन गर्ने चाँजोपाजो नै छैन ।
अझ,करिश्माले आफूले निर्देशन गर्ने फिल्मबाट छोरी कविता मानन्धरलाई डेब्यू गराउने समेत बताइन् । तर, त्यो योजना पनि असफल भयो । अन्तिममा, हिरोइन नै हिरोइनको भिडबाट अभिनेता शिव श्रेष्ठले कवितालाई डेब्यू गराए ।

अभिनेत्री करिश्मा मानन्धरले फिल्म निर्देशन गर्न नसक्नुको कारण आफ्नो एसइइ परिक्षा भएको बताएकी छिन् । करिश्माले एसइइ परिक्षाको तयारी गर्नुपर्ने भएकाले फिल्म निर्देशनको कामबाट अहिले ब्याक भएको बताइन् ।
तर, करिश्माले फिल्म निर्देशन गर्छु भन्दा पढाई नै सुरु गरेकी थिइनन । राजनीतिदेखि स्कुले विद्यार्थीसम्म हुन भ्याएकी करिश्माले फिल्म निर्देशनलाई भने बिभिन्न बहानामा पछाडि सारेकी छिन् । कतै, करिश्मालाई फिल्म निर्देशन गर्ने आँट अझै नआएकाले उनले एसइइ परिक्षाको बहाना त बनाएकी होइनन् ? होइन भने, खाने मुखलाई जुँगाले छेक्दैन भन्छन् क्यारे, होइन र करिश्मा जी ?