आलियाको लुगा लिलामी, होला त प्रभावकारी?

राजीको सफलताले आलिया भाटको स्टारडम निकै बढाएको छ । यही मौकामा उनले आफ्ना पुराना लुगाहरु लिलामी गर्ने र त्यसबाट आएको रकम च्यारिटीलाई दिने घोषणा गरेकी हुन् । उनी कुनै पनि लुगा २–३ पटकभन्दा बढि लगाउँदिनन् । त्यसैले उनी यस्ता लुगाहरु बेच्ने सोचाईमा पुगेकी हुन् ।

केही दिनअघि अक्षयकुमारले रुस्तम फिल्ममा लगाएको आर्मी युनिफर्म लिलामी गर्ने घोषणा गर्दा समस्यामा परेका थिए । हलिउडका सेलिब्रिटीहरुले पनि बेलावखत गर्ने गरेको यस्तो कामको बलिउड सेलिब्रिटीले नक्कल गर्न खोजेका हुन् । आलियाले आफ्ना लुगाहरु लिलामीमा राख्ने र बढि मूल्य कबोल गर्नेलाई बेच्ने बताएकी छिन् । हेरौं उनका थोत्रा लुगा कति मूल्यमा विक्ने हुन् । सेलिब्रिटीको थोत्रा चिजलाई पनि अमूल्य ठानेर मोल हाल्ने फ्यानहरुको भारतमा कमी भने छैन ।