बिपिन कार्की अभिनित फिल्म ‘हरी’ जेठ १८ मा रिलिज हुने

बिपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘हरी’ जेठ १८ मा रिलिज हुने भएको छ । काठमाडौँमा एक कार्यक्रम गरि फिल्मको रिलिज डेट सार्वजनिक गरेको छ । आफुलाई सधैं नयाँ र नौलो भूमिकामा प्रस्तुत गर्न रुचाउने अभिनेता बिपिन कार्की यस फिल्ममा पनि फरक र पृथक भूमिकामा देखा परेका छन । हरी युनिटले यसअघी ट्रेलर सार्वजनिक गरिसकेको छ । प्रोमोसनलाई ब्यापक बनाउने तयारीमा रहेको फिल्म युनिटले एक कार्यक्रम गर्दै रिलिज मिती तय गरेको हो ।

फिल्म तथा आफ्नो भूमिकाका बारेमा अभिनेता बिपिन कार्की भन्छन्, ‘मैले अहिले सम्म गरेको फिल्ममा यो सबै भन्दा बढि सन्तुस्ट भएको फिल्म हो । हुन त सबैबाट सन्तुस्ट नै छु, तर हरि सबै भन्दा बढी सन्तुस्टी दिने फिल्म हो मेरो लागि । हरेक पटक फरक भूमिकामा देखा पर्दै आएको छु । यो फिल्ममा पनि मलाइ बिल्कुल फरक रुपमा देख्न सक्नुहुन्छ । फिल्म हरिले भनेको कथा वा कथा भन्ने तरिका सायदै अहिले सम्म कुनै फिल्मले अपनाएको होलान ।’
‘फिल्म बिजनेस हो तर हामीले पैसा कमाउने उधेश्य भन्दा पनि यिनीहरुले कस्तो फिल्म बनाएछन् भन्ने कौतुहलता दर्शकमा जाग्ने छ भन्नेमा बिस्वस्त छौ ‘ – फिल्म निर्माता टिमको भनाइ थियो ।
फिल्ममा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । फिल्म शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको फिल्म लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् । फिल्ममा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।