सलमानको फिल्ममा श्रद्धालाई पछि पार्दै दिशाको इन्ट्री

‘बागी २’ सफल भएपछि बलिउड नायिका दिशा पटानीको करिअर सही दिशामा चल्न थालेको छ । यसअघि सानातिना ब्यानरका फिल्महरुमा चित्त बुझाउदै आएकी उनि अब ठुलो ब्यानर सम्म पुग्ने भएकी छन् । सलमान खान र प्रियंका चोपडा स्टारर फिल्म ‘भारत’मा दिशाको इन्ट्री भएको छ । दिशालाई अनुवन्ध गरिएको रोलको लागि यसअघि श्रद्धा कपुरको नाम चर्चामा थियो । तर, सलमानले श्रद्धाको ठाउँमा दिशालाई छनोट गरेका छन् । यद्यपि औपचारिक घोषणा भने गरिएको छैन ।
‘भारत’ सलमानको महत्वाकांक्षी प्रोजेक्ट हो । यसमा भारतको ७० वर्षको इतिहास संक्षेपमा समेटिनेछ । भारत-पाकिस्तानको भागबण्डामा मुल कथा बुनिएको छ । फिल्मको सुटिङ पाकिस्तानको सिमानाभित्र पनि हुनेछ । अली अब्बास र सलमानको जोडीले यसअघि ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ जस्ता ब्लकबस्टर फिल्म दिइसकेका छन् । भारत २०१९ को इदमा रिलिज गर्ने योजना बनाइएको छ । प्रियंका लामो समयपछि यो फिल्ममार्फत बलिउडमा कमब्याक गर्दैछिन् । प्रियंका भएको फिल्ममा दिशाले कति स्पेस पाउने हुन् त्यो त हेर्न बाकी छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया