बिरामी इरफानको फ्यानका लागि २ महिनापछि ट्वीट

बलिउड अभिनेता इरफान खान हिजोआज लंडनमा आफ्नो बिमारीको उपचार गराइरहेका छन् । यस्तो बेला उनका फ्यानहरु उनको स्वास्थ्यबारे थाहा पाउन निक्कै उत्सुक छन् । यही कुरालाई मध्यनजर गर्दै उनले बल्ल दुई महिनापछि ट्वीट गर्दै आफ्नो स्वास्थ्यका बारेमा शुभचिन्तकहरुलाई जानकारी गराएका छन् ।

उनले आफू विदेशमा न्यूरोएन्डक्राइन ट्युमरको उपचार गराइरहेको कुरा बताएका छन् । उनको ट्वीटरमा आफ्नो फिल्म ‘कारबां’लाई लिएर निक्कै उत्सुक भएको पनि बताएका छन् । उनले आफ्नो आउँदो फिल्मको पोस्टर पनि ट्वीटरबाटै फ्यानहरुसँग शेयर गरेका छन् ।