‘पराइ सिन्दुर’ लोक दोहोरी सार्वजनिक

मुना थापा मगर र निरज गैरेको लोक दोहोरी गीत ‘पराइ सिन्दुर’ सार्वजनिक भएको छ । निरज गैरे र राजेन्द्र सापकोटाको शब्द संगीत रहेको दोहोरी गीत दस मिनेट सेकेन्डको रहेको छ । कुमार केसीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा संगीत संयोजन राजु सुनामको रहेको छ । निरज गैरे र बिपशा बिसीको अभिनय रहेको गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन् ।