१० महिनादेखि जेलमा रहेकी यी कलाकारकी श्रीमती रिहा

- मेराेफिल्म

१० महिनादेखि जेलमा रहेकी टेलिभिजन कलाकार अमित टण्डनकी श्रीमती रिहा भएकी छन् । केही कानुनी औपचारिकता पुरा गर्न बाँकी भएता पनि उनी जेलबाट भने बाहिर निस्किएकी छन् । अमितकी श्रीमती रुबीले सरकारी अधिकारीलाई धम्की दिएको आरोप लागेको थियो। रुबी एक कार्यक्रमका लागि दुबई गएकी थिइन्। यही क्रममा उनलाई दुबई जेल चलान गरिएको थियो। श्रीमतीको सहयोगका लागि अमित कयौँ पटक दुबई गएका पुगेका थिए।

अमित र उनकी छोरी अहिले दुबईमा छन् । रुबी पेसाले डर्मेटोलोजिस्ट हुन्। कयौँ टेलिभिजन कलाकारसँग उनको राम्रो पहुँच छ । रुबी जेलमा हुदा अमितले एक अन्तवार्तामा भनेका थिए, रुबी एक असल डाक्टर हुन् । उनले सधै सबैलाई सहयोग गर्छिन् । रुबीको सफलता केही व्यक्तिलाई मन नपरेकाले गतल आरोपमा उनलाई जेल हालेको समेत अमितले बताएका थिए ।

२०७५ जेठ ४ गते ११:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *