फोटो पत्रकार पुर्णिमा श्रेष्ठ सगरमाथाको सफल आरोहण गर्न सफल

फोटो पत्रकार पुर्णिमा श्रेष्ठले पहिलो पटक सर्वोेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । पाँच वर्ष देखि फोटोपत्रकरितामा सक्रिय श्रेष्ठले शनिबार बिहान ८ बजेर १० मिनेटमा सगरमाथाकाे चुचुराे चुमेकी हुन ।
सफल सगरमाथा आरोहणसँगै श्रेष्ठ सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छन् । सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल भएको प्रति फोटो पत्रकार क्लबले प्रेस बिज्ञप्ती जारी गरी यो नेपाली फोटोपत्रकारिता जगत तथा फोटोपत्रकारको लागि गौरवपुर्ण क्षण भएको बताएको छ ।
आरोहणको क्रममा श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी छन् ।
नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको फोटो नेपाल अभियान अन्तर्गत फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी हुन् ।
गाेरखाकोे आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा किल्लर माउण्टेनका रुपमा चिनिने ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेकी छन् । कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत पुर्णिमा फोटो पत्रकार क्लबकी सदस्य समेत हुन् ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया