नेपाल चलचित्र नृत्य संघको अध्यक्षमा बसन्त श्रेष्ठ

नेपाल चलचित्र नृत्य संघको दोस्रो महाधिवेशन जेष्ठ ५ गते शनिबार सम्पन्न भएको छ । महाधिवेशनबाट वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ सर्बसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

यसअघी संघको अध्यक्षमा दीनेश पाख्रिन रहेका थिए । महाधिवेशनमा बोल्दै नव नियुक्त अध्यक्ष श्रेष्ठले आफु यस क्षेत्रको बृहत्तर बिकास र सम्ब्रिद्धीमा लागि पर्ने बताए । साथै अधिवेशनबाट संघका अन्य कार्यकारी सदस्यहरु समेत निर्वाचित भएका छन् । निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष गोविन्द प्रभात, प्रथम उपाध्यक्ष जनक कार्की, द्वितीय उपाध्यक्ष दिपक श्रेष्ठ, महासचिव महेश गोदार, सचिव दिपेन्द्र तिमल्सिना, सह-सचिव लिलाधर भट्टराई, कोषाध्यक्ष्य गोपाल अधिकारी, सह-कोषाध्यक्ष्य नारायण रिजाल, सदस्यहरु नवराज रिजाल, शिव बिक, सोम बहादुर तामाङ, गम्बिर बिस्ट, दिपक तामाङ, देवराज सापकोटा, अजय स्यङ्तान, सुरेन्द्र बसेल, हरी अधिकारी, दिक्षा पाख्रिन, अनिता रुम्बा, तुलसा पहाडी लगायत रहेका छन ।