चौथो हप्तामा ‘कोहलपुर एक्स्रेस्स’, ‘काउ सङ’ करोड क्लबमा

बैशाख १४बाट अल नेपाल रिलिज भएको फिल्म कोहलपुर एक्स्रेस्स प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ ।

त्यसै गरी फिल्ममा समावेश लोक लयको गित ‘सि ओ डब्लु काउ (काउ सङ)’ करोड क्लबमा प्रवेश गरेको छ । राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको उक्त गितमा शब्द तथा संगीत राजनराज सिवाकोटी कै रहेको छ ।
फिल्म ‘कोहलपुर एक्स्प्रेस’ केकी अधिकारीको डेब्यु निर्माण हो भने बिशाल भण्डारीको डेब्यु निर्देशन ।

फिल्ममा पछिल्लो समय नेपाली फिल्म क्षेत्रका चर्चित तिन नायिकाहरु केकी अधिकारी, प्रियंका कार्की र रिचा शर्माको मुख्य भूमिका रहेको छ । केकी, प्रियंका र रिचासँगै फिल्ममा बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।

जुनकिरी आर्ट्सको प्रस्तुती रहेको फिल्मलाई भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त रुपमा निर्माण गरेका हुन् । अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन ।