नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड हुँदै

‘नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड’ हुने भएको छ । २०७४ बैशाख वर्षदेखि ७५ बैशाखसम्म सार्वजनिक भएका विभिन्न गीतहरुलाई छनोट गरी विभिन्न ३० विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष आर.के. सुवेदीले बताएका छन ।

अवार्डमा उत्कृष्ट श्रृंगार, उत्कृष्ट कला निर्देशन, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट कलर करेक्शन, उत्कृष्ट छायांकार, उत्कृष्ट म्यूजिक एरेन्जर, उत्कृष्ट युगल गायन, उत्कृष्ट सम्पादन, उत्कृष्ट समूह गायन, उत्कृष्ट पप गीत, उत्कृष्ट लोक दोहोरी गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट भाषिक गीत, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट महिला मोडल, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट डिजिटल कारोबार, उत्कृष्ट स्टूडियो हाउस, उत्कृष्ट प्रचार–प्रसार सञ्चार माध्यम, उत्कृष्ट कोरस (कला केन्द्र) सँगै म्यूजिक भिडियो अफ दि इयर र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
त्यसैगरी आयोजकको तर्फबाट सर्वश्रेष्ठ चर्चित गीत, चर्चित गायक, चर्चित गायिका, संगीतकार, मोडललाई पनि सम्मानित गरिने आयोजकले जनाएको छ ।

बक्स अफिस इन्टरनेशनल ग्रुपले यसअघि पनि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड, ब्लक बस्टर फिल्म अवार्ड, विश्व भ्रमण नागरिक सम्मान (अवार्ड), ग्लोबल मोसन पिक्चर्स अवार्ड सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसमध्ये वार्षिक रुपमा आयोजना गरिने ब्लकबस्टर अवार्ड, ग्लोबल मोसन पिक्चर्स अवार्ड सम्पन्न भइसकेको छ भने नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड यो अवार्ड सकिए पश्चात हुनेछ ।