विवाह पछि नवविवाहित बलिउड हस्ती

मे महिनाको पछिल्लो एक हप्तामा ४ बलिउड स्टारको विवाह भयो । पहिलो मे ८ मा अनिल कपुरकी छोरी सोनम र आनन्दको विवाह भयो भने त्यसको अर्को दिन टिभी एक्टर शिव पण्डितले फेसन डिजाइन अमेयारासंग विवाह गरे ।

१० मेमा नेहा धुपियाले अंगद बेदीसंग गुरुद्वारामा लगन गाठो कसिन । त्यस्तै सिंगर तथा कम्पोजर हिमेश रेशमियाले ११ मे रातमा प्रेमिका सोनियासंग दोस्रो विवाह गरे । यसरी एक्कै हप्तामा ४ बलिउड हस्तीको विवाह भयो । २०१८ मा मात्रै धेरै बलिउड तथा टिभी एक्टरले आफ्नो जीवन साथी छानेका छन् । एक्ट्रेस सरन, सिंगर अंकित तिवारी, मोडल एक्टर मिलिन्द सिमान टिभी एक्ट्रेस दीपिका ककड़ लगायतले २०१८ मै विवाह गरेका हुन् ।
के गर्दै छन् त स्टार हेरौ ।

बलिउड एक्ट्रेस सोनम कपूर नयाँदिल्लीका बेस्ट बिजनेस म्यान आनन्द आहुजासँग विवाह बन्धनमा बाधिएकी छिन । सोनामकी साथी प्रेरणा कुरेशी आनन्दको पनि एकदमै मिल्ने साथी थिइन् । प्रेरणाकै कारण आनन्द र सोनम साथी भएका हुन् । आनंदले सोनमलाई २०१४ मा प्रपोज गरेका थिए । प्रपोज एक्सेप्ट गर्न सोनामले केहि महिना लगाएकी थिइन् । प्रपोज एक्सेप्ट गरेपछि सोनामले आनन्दको साथ यूरोप टुर गरेकी थिइन् । उनीहरु होलिडे इन्जोई गरिरहेको फोटो सोशल मिडियामा भाईरल भएको थियो । उनीहरु बिवाह पछिको समय इन्जोय गर्दै छन् ।

३७ बर्षीया बलिउड एक्ट्रेस नेहा धुपियाले २ बर्ष कान्छा एक्टर अंगद बेदीसंग विवाह गरेकी छन् । यी दुईको विवाह गुपचुप जस्तै भयो । नेहाले सामाजिक संजाल मार्फत आफ्नो विवाहको जानकारी दिएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘मेरो जिन्दगीको सबै भन्दा सहि फैसला । मैले आज मेरो आफ्नो सबै भन्दा नजिकको साथी संग विवाह गरे ।’ त्यस्तै अंगदले, ‘नाउ वाइफ! वेल हेल्लो देयर मिसेस बेदी’ लेखेका छन् ,भने फिल्म मेकर कारण जौहरले ट्वीट मार्फत नै यी दुइलाई बधाई दिएका छन् । स्रोतका आनुसार नेहा र अंगदको विवाह आइतबार दिल्लीमा भएको थियो । उनीहरु भर्खरै हनिमुन टुरबाट फर्किएका छन् ।

बलिउडका चर्चित गायक हिमेश रेशमियाले सोनिया कपूरसँग विवाह गरेका छन् । लामो समयदेखि प्रेममा रहेका हिमेश र सोनियाले सनिबार मुम्बई स्थित निजि निवासमा बिवाह गरेका हुन् । सोनिया कपूरले ‘किट्टी पार्टी’, ‘पियाका घर’, ‘आ गले लग जा’,‘सती…सत्य की शक्ति’, जस्ता चर्चित सिरियलमा अभिनय गरिसकेकी छन् । केहि समयदेखि विवाहको हल्ला चलेपनि त्यो हल्ला प्रति खासै टिप्पणी नगरेका यी जोडीको बिवाहको खबर हिमेशका बिजनेस पार्टनर राकेश उपाध्यायकाले मिडियालाई दिएका थिए । हिमेशले अघिल्लो बर्ष मात्र २२ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गरेका थिए । यी जोडी पनि एकअर्का संग समय बिताउदै छन् ।