राजकुमार ह्यारी र मेगनको बिवाह १० फोटोमा

बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा विवाह समारोह आयोजना गरिएको थियो । कसम खाँदै औंठी साटेर बैवाहिक कार्यक्रम सम्पन्न भयो ।

विवाह समारोहमा लगभग एक लाख पाहुनाको सहभागीता थियो । तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेका थिए। राजगद्दीको उत्तराधिकारीको छैठौं रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेको थियो । अमेरिकी टेलिश्रृखंलामा काम गरेर चर्चा कमाएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् ।