जेठ ११ मा ‘सुनकेशरी’ संगै ‘कोशेली’

फिल्म ‘कोशेली’ जेठ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्ममा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ । निर्देशक खत्रीले फिल्मको प्राविधिक काम सक्न समय लागेकाले फिल्म पौषबाट जेठमा पुगेको बताए ।
भोले बाबा फिल्म्सको व्यानरमा निर्मित फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता रहेकी छन् । फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय हेर्न सकिने छ । फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ ।
जेठ ११ बाटै ऋचा शर्माको हरर फिल्म ‘सुनकेशरी’ पनि रिलिज हुँदैछ ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया