निर्माता वाग्ले पक्राउ प्रकरण – नोट नक्कली रहेको राष्ट्र बैंकद्वारा पुष्टि

फिल्म निर्माता माधव वाग्ले पक्राउ प्रकारणले नयाँ मोड लिएको छ । गत बुधवार नक्कली नोट सहित पक्राउ परेका निर्माता वाग्ले सहित ६ जना बिरुद्ध कानुनी प्रकृया अगाडि बढाउन राष्ट्र बैकले प्रहरीलाई निर्देशन दिएको छ ।
प्रहरीले गत बुधवार राजधानीका विभिन्न स्थानबाट बरामद गरेको २ करोड ६० लाख ६३ हजार नेपाली रुपैयाँ ‘नक्कली’ भएको नोट जारी गर्ने आधिकारिक निकाय नेपाल राष्ट्र बैंकले पुष्टि गरेको हो ।
एक हजार दरका १० वटा नोट परीक्षण गर्दा आधिकारिक नभई ‘जाली’ भएकाले उनीहरु बिरुद्ध कानुनि प्रक्रिया अगाडी बढाउन राष्ट्र बैंकले प्रहरीलाई निर्देशन दिएको हो । नक्कली नोट छापेर बजारमा लगेको गम्भीर आरोपमा प्रहरीले निर्माता वाग्लेसहित ६ जनालाई बुधवार नियन्त्रणमा लिएको थियो ।
प्रहरीले निर्माता वाग्लेको कोठाबाट मात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको थियो । मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा महेन्द्र बोगटीले दिएको नोट नक्कली रहेको शंका लगत्तै खाजाघरका सञ्चालकले महानगरीय प्रहरी प्रभाग गोंगबुमा खबर गरेका थिए र जाली नोटको कारोबारको जालो खुलेको थियो ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया