कहाँ पुग्यो प्रियंका र आयुष्मानलाई जोड्ने ‘कथा काठमाडौं’ ?

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी प्रेममा छन् । उनीहरु खुल्लम खुल्ला प्रेम गरिरहेका छन् । सार्वजनिक कार्यक्रमहरुमा पनि उनीहरुसँगै पुग्ने गर्छन् । एक अवार्ड कार्यक्रममा उनीहरुले सार्वजनिक रुपमै गरेको चुम्माचाटीले पनि फिल्मी बजार निकै तातेको थियो ।

बैबाहिक सम्बन्ध बिच्छेद गरेर बसेकी प्रियंका र भर्खर प्रेम बिछोडमा रहेका आयुष्मान फिल्म ‘कथा काठमाडौं’मा आएर एक-आपसमा जोडीएका थिए । निर्माता तथा निर्देशकले उनीहरुलाई अन-स्कृन जोडीका रुपमा छानेका थिए । तर, उनीहरु त्यही फिल्मको छायाँकनमा यति नजिक भए कि, उनीहरुको जोडी रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि जोडि बनिदियो ।

कुरा उनीहरुको जोडीको हैन्, यहाँ कुरा उनीहरुलाई जोडाउने फिल्म ‘कथा काठमाडौं’को हो । प्रियंका र आयुष्मानलाई जोडी बनाइदिएको ‘कथा काठमाडौं’को चर्चा अहिले त्यती छैन्, जति उनीहरुको सम्बन्धको छ । तर, यसै फिल्मबाट जोडिएका उनीहरु व्यस्त बनिरहेका छन् । म्युजिक भिडियो, फिल्म र एडमासँगै देखिएका छन् ।

०७३ फागुन २३ गते फिल्म कथा काठमाडौंको औपचारिक निर्माण घोषणा गरिएक थियो भने २५ गतेबाट छायाँकन सुरु गर्ने बताइएको थियो । छायाँकनको लामो समय बितिसक्दा पनि ‘कथा काठमाडौं’ले आफ्नो प्रदर्शन मिति तय गरेर प्रचार-प्रसारलाई सुरु गर्न सकेको छैन् ।

प्रियंका र आयुष्मानलाई जोडिदिएर हिट बनाइदिने कथा काठमाडौं आफैँ ओझेलमा छ ।