डेड अर्ब घोटाला प्रकरणका मुख्य नाईके गीतकार/सिइओ गोविन्द प्रसाद उपाध्याय

नेपाली संगीतको क्षेत्रमा चिर परिचित नाम हो गोविन्द प्रसाद उपाध्याय । गीतकारका रुपमा नेपाली संगीतको क्षेत्रमा पाइला चालेको छोटो समयमा नै उनले आफ्नो बलियो उपस्थिती प्रस्तुत गरेका थिए । औपचारिक रुपमा सत्यता एल्बमबाट उनको सांगीतिक यात्रा सुरु भएको थियो ।
सत्यता, सत्यता-२ र पछिल्लो समय उनको तेश्रो एल्बम सत्यता-३ सम्म आइपुग्दा उनले निकै मान सम्मान र अवार्ड समेत प्राप्त गरे ।
तर, अहिले उनको छबी धमिलिएको छ । पछिल्लो समय उनि एक बैंकको घोटाला प्रकरणमा मुछिएका छन् । एपेक्स बैंकका सिइओ रहेका उनि एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला प्रकरणमा मुछिएका हुन् ।
उनी सहित १ सय २७ जनालाई सिआइबीले फरार अभियुक्त बनाई सरकारी वकिल कार्यालयमार्फत बुधबार पाटन उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर गरेको हो ।
घोटाला प्रकरणबारे अनुसन्धान सुरु भएलगत्तै उपाध्याय फरार भएका थिए । उनी अहिले अमेरिका पुगेको बुझिएको छ । उनी सहित विदेश फरार भएकाहरुलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइने सिआइबीका अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया