५ पत्रकारलाई चलचित्र पत्रकारसंघको सम्मान तथा पुरस्कार (फोटो फिचर)

चलचित्र पत्रकारसंघले स्थापनाको १९ औं वर्ष पुगेको उपलक्ष्यमा औपचारिक कार्यक्रम गर्दैै संघको सदस्य रही विभिन्न सन्चारमाध्यममा काम गर्ने चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
संचार तथा सुचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चलचित्र पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै संघले चलचित्र पत्रकार संघका सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्वसचिव ध्रुव लम्साल (राजधानी दैनिक) र चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डेलाई चलचित्र पत्रकारिता सम्मान प्रदन गरिएको थियो ।
समारोहमा संघका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदी (नयाँ पत्रिका) र संघकी सदस्य सन्ध्या थापा (टिभी फिल्मी)लाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार फिल्मीखबर डटकमका अञ्जान दाहाल (मनिष)लाई प्रदान गरेको हो ।
समारोहमा बोल्दै संघका संस्थापक अध्यक्ष भरत शाक्यले अन्य विधाका पत्रकारिता जस्तै चलचित्र पत्रकारिता पनि सजिलो नभएको र यसलाई मर्यादित बनाउँदै अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा मन्तब्य राख्दै संघका पुर्व अध्यक्ष बिदुर गिरीले भने,‘आज यो हलमा हामी कति संख्यामा चलचित्र पत्रकारहरु उपस्थित छौँ र हाम्रो भिडबाट निस्किएको उपलब्धि के छ भन्ने हामी आफैले बुझ्नु पर्छ ।’ उनले बिदेशमा हुने हरेक फिल्म फेस्टिभलमा नेपाली फिल्म, नेपाली कलाकार र चलचित्र पत्रकारको सहभागिता हुनु पर्नेमा जोड दिए ।
त्यस्तै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले चलचित्र पत्रकार संघको उदेश्य र कार्यप्रगतिको प्रशंसा गरे । उनले भने ‘चलचित्र पत्रकार संघले गरेको योगदानको पत्रकार महासंघले उच्च मूल्यांकन गरेको छ । हामी हाम्रो पेशाप्रति इमान्दार रहेर पत्रकारिताको धर्म निभाउन चुक्नु हुन्न ।’
राज्यले यस क्षेत्रलाई अनुपात्पादक क्षेत्र भनेर बेवास्ता गरेकोमा समेत उनले दुःख ब्यक्त गरे । उनले भने, ‘कला क्षेत्रले रास्ट्रलाई विश्व सामु चिनाएको छ त्यसैले कला क्षेत्रलाई राष्ट्रिय गौरवको क्षेत्र घोषणा गरिनु पर्छ ।’

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया