रानीका लागि घर छोडेर होटलमा बसेका थिए आदित्य

आदित्य चोपडाको जन्म २१ मे १९७१म भएको हो । चर्चा भन्दा टाढा बस्न मन पराउने आआदित्यले २०१४ मा रानी मुखर्जीसंग बिवाह गरे । हाल यी दुइकी एक छोरी आदिरा समेत रहकी छन् । रानीसंग बिवाह गर्नुभन्दा पहिले २००१ मा आदित्यले पायल खन्नसंग बिवाह गरेका थिए । तर २००९ मा डीभोर्स भयो ।

डिभोर्स पहिले नै रानी आदित्यको अफेयरको हल्ला चल्न थालेको थियो । यहि कुरालाई लिएर आदित्यका पिता खुसी थिएनन् । यसै कारण आदित्य घर छोडेर होटलमा बस्न थालेका थिए । पायल आफ्ना सासु ससुरासंग धेरै नै नजिक भएका कारण पनि उनीहरु पायलसंग आदित्य छुटिएको हेर्न चाहदैन थिए । तर अन्त्यमा यसले हार मान्नु पर्यो ।

रानी र आदित्यले दुइ बर्ष सम्म लिभ इन रिलेसनमा बसेर बिवाह गरेका थिए । बिवाह पनि चुपचाप जस्तै भयो । आदित्यलाई चर्चामा आउन मन नपर्ने भएको कारण पनि उनीहरुले गोप्य रुपमा बिवाह गरे । उनी मिडिया, पार्टी या कुनै फंग्सनमा समेत देखिन चाहदैनन् ।