मलाइकाले अर्जुनलाई बिर्सन नसकेकै हुन् त ?

- मेराेफिल्म

मलाइका अरोरा र अर्जुन कपूरको प्रेम सम्बन्धको बिषय चर्चामा छ । त्यती मात्र नभएर अरबाज खान र मलाइका अरोरा खानको डीभोर्सको जिम्मेवार अभिनेता अर्जुन कपूरलाई मानिएको छ । दुवैलाई प्राय : एकसाथ पार्टीमा र एयरपोर्टमा संग संगै देखिन्छ । तर केही दिन अघिबाट यी दुई संगै देखिएका छैनन् । स्रोतका अनुसार बुबा बोनीले अर्जुन कपूरलाई मलाइकाबाट टाढा रहनको लागी सुझाव दिएका छन् ।

हालै अर्जुनले इन्स्टाग्राम अकाउन्टमा एउटा तस्विर पोस्ट गरेका थिए जसलाई मलाइका अरोडाले पनि लाईक गरेकी छन् । जसकारण मलाइकाले अर्जुनलाई भुल्न नसकेको कुरा प्रष्ट हुन्छ । अर्जुनले आफ्नो इन्स्टाग्राममा रोनाल्डोको साथ एक तस्वीर पोस्ट गरेका थिए । जसमा उनले क्याप्शनमा ‘फुटबलको महान खेलाडीको साथ फुटबलको बारेमा कुरा गर्दा निकै राम्रो अनुभव भयो ।’ लेखेका छन् । मलाइकासंगको अफेयरलाई लिएर सलमान खान र अर्जुन कपूरको सम्बन्धमा समेत खटपट पैदा भएको छ । अरबाज र मलाइकाको सम्बन्ध बिच्छेदमा सलमानले पनि अर्जुनलाई नै जिम्मेवार मानेका छन् ।

केही समय पहिले मलाइकाले एक अन्तर्वार्तामा दुवैको सम्बन्धको बारेमा सोधिएको प्रश्नको ‘अर्जुन मेरो निकै राम्रो मित्र हुन्। मानिसहरुले हाम्रो सम्बन्धलाई फरक तरिकाले हेर्ने गरेका छन्, जुन सही होइन । ‘ भनेर जवाफ दिएकी थिइन् ।

२०७५ जेठ ८ गते १३:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *