अमेरीका बोइजको अर्को गीत ‘मेरो ध्यान नै तिमीमा’

फिल्म अमेरीका बोइजको नयाँ गीत ‘मेरो ध्यान नै तिमीमा’ बोलको गीत सार्वजनिक भएको छ । जयन जे बाइवाको सङ्गीत रहेको गीतलाई जयन जे बाइवा, रोशन थापा, र सुरज सिंह ठकुरी लगायतका गायकहरुले स्वर भरेका छन् । म्युजिक भिडियोको कोरियोग्राफि सुनिल क्षेत्री र नेपाली ठिटोजले गरेका हुन् । उक्त म्युजिक भिडियोमा अर्पण थापा, अभय बराल, आषिश प्रर्साई, श्रीष्टी कार्की लगायतका कलकारहरुको अभिनय हेर्न सकिन्छ ।

जेठ १८ देखी प्रदर्शनमा आउने फिल्म ‘अमेरिका बोइज’को ट्रेलरमा फिल्मका प्राय कलाकार फिचर गरिएको छ । प्रवेश पौडेल निर्देशित यस फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।

‘सीबर्ड्स पिक्चर्स’ र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् । विवेक पण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री (नेपाली ठिटोज)को नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।