बर्षाका लागि भिड्दै प्रशान्त र अनुप !

पछिल्लो समय चर्चामा रहेको फिल्म जय शम्भुको फष्टलुक सार्वजनिक भएको छ । जय शम्भुमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भुमिका रहेको छ । तीनै जना प्रस्तुत गरिएको फिल्मको दुई पोष्टर सार्वजनिक गरिएको हो ।

पोष्टरमा एक्शन र रोमान्स देखाईएको छ । फिल्म भित्र बर्षा, अनुप र प्रशान्त कुन भुमिकामा प्रस्तुत छन् भन्ने पोष्टरमा देखाईएको छैन । तर पोस्टरबाट फिल्म एक्सन लभ स्टोरीमा आधारित छ भन्ने अनुमान लगाउन सकिन्छ ।

आगामी भाद्र १ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म जय शम्भुलाई राजधानीमा बिके फिल्म्सका गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता चक्र पाख्रिन हुन् भने अरविन्द्रमान शाक्य निर्माता रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

फिल्म निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारी गराएको छ । फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतको मूख्य भुमिका रहेको छ ।