सोनाक्षीले घटाइन ३५ किलो वजन, डाइट प्लान सहित

सोनाक्षी सिन्हाले इन्स्टाग्राममा आफ्नो ट्रान्सफर्मेसनको लेटेस्ट फोटो सेयर गरेकी छन् । उनी लामो समय देखि आफ्नो वेट लस गर्ने प्रोसेसमा थिइन् र अहिले उनमा आएको परिवर्तन देख्न सकिन्छ । यो नयाँ लुकमा उनी सलमान खानसंग ‘दबंग-३’ मा आउने भएकी छन् ।

यस अघिका दुइ फिल्ममा उनको परिवर्तन भएको रुप देखिसकिएको छ । अब तेस्रो दबंगमा उनको बिल्कुल नयाँ रुपमा देख्न पाइने छ । फिल्मका डाइरेक्टर अरबाज खान तथा प्रोड्युसर प्रभु देवाले सलमानको अपोजितमा सोनाक्षी आउने कन्फम गरेका छन् ।

उनले भनिन- ‘जिम जोइन गर्नु मेरो लागि सजिलो कुरा थिएन । तर जब मैले जिम जाने नै निर्णय गरे त्यो पछि कहिले पनि पछाडी फर्केर हेरिन । म व्यायाम र जिम जान थालेपछि पनि कहिल्यै मेरो वजन चेक गरिन । मलाइ बिस्तारै महसुस हुन थाल्यो की म बिस्तारै फिट हुदै छु ।’

सोनाक्षी वर्कआउटलाई लिएर आजकल धेरै सिस्टमेटिक भएकी छन् । उनी दैनिक जिम जान्छिन् र लिमिटेड डाइट लिने गर्छिन । उनले अहिले सम्म ३५ कोलो वजन घटाएकी छन् । बलिउड आउनु भन्दा पहिले सोनाक्षी ९० किलो थिइन् । त्यस पछि २०१० मा सलमानसंग दबंग डेब्यु गर्ने समय ३० किलो वजन घटाएकी थिइन् ।

फिल्ममा आउनु भन्दा पहिला उनलाई आफ्नो वजनको बारेमा कुनै परवाह थिएन । उनले वेट कम गर्न शाहिद कपुरको ट्रेनरलाई हायर गरेकी हुन् । उनले कार्डियो एक्सरसाइज, साइकलिंग,स्विमिंग, प्लेइंग, टेनिस जिम हट योगा गर्ने गर्छिन ।

यस्तो छ उनको डाइट प्लान
ब्रेकफास्ट – दूध, गहुको टोस्ट
मिड मर्निंग – ड्राई फ्रूट्स, ग्रीन टी
लन्च – रोटी, सब्जी र सलाद
ईभनिंग – फ्रूट्स र ग्रीन टी
डिनर – दाल तड़का, सब्जी, चिकन, फिश