श्रीमान बच्चा सम्हाल्दै श्रीमती सुटिंगमा

सनी लियोनीकी छोरी निशालाई हालसालै पिता डेनियलको साथ चिडियाखानामा देखिएको छ । यहि समय निशा बेबी सीटरमा बसेकी थिइन् भने डेनियल उनलाई घुमाउदै गरेको देखिन्छन् ।

क्यामेरामा कैद भएको फोटोमा निशा धेरै खुसि देखिन्छिन । मुख्य कुरा यो हो की डेनियलले निशाको पुरा केयर गर्दै गरेको देखिन्छ । डेनियलले चेयरमा पानी मात्रै राखेका छैनन् की घामबाट बचाउन गगल्स पनि लगाईदिएका छन् । सनीको अनुपस्थितिमा डेनियल छोरीको पुरा तरिकाले ध्यान राख्ने गर्छन । र पिता छोरीको बन्डिंग पनि धेरै राम्रो देख्न सकिन्छ ।

सनी लियोनी हिन्दीपछि तमिल फिल्ममा डेब्यु गर्दै छन् । तमिलमा उनको पहिलो फिल्म ‘वीर महादेवी’ को फस्ट लुक बाहिरिएको छ र उनी अहिले यसैमा ब्यस्त छिन् भने पति छोरी सम्हाल्न ।