थाइल्याण्डको बिचमा रमाउँदै केकी, बेनिशा र रिमा

नेपाली फिल्म नगरीका ३ चर्चित नायिका, एक अर्काका अभिन्न मित्र केकी अधिकारी, बेनिशा हमाल र रिमा बिस्वकर्मा यतिबेला छुट्टी मनाउन थाइल्याण्ड पुगेका छन ।

हेटिक सेड्युलबाट छुट्कारा लिँदै उनिहरु केहीदिनका लागि थाइल्याण्ड पुगेका हुन । केकीको कोहलपुर एक्स्प्रेस ५औँ हप्तामा प्रबेश गरिरहँदा उनी घुम्न निस्केकी हुन । उनले थाईल्याण्डबाटै फिल्म कोहलपुर एक्स्प्रेसकी नायिका तथा सुनकेशरी निर्मात्री रिचा शर्मालाई ‘तिर्सना सुनकेशरी बनेर शुक्रबार देखी नेपाल अधिराज्य भरी । चलचित्र सुनकेशरी पनि नछुटाउनु है’ भन्दै शुभकामना दिएकी छन ।

थाइल्याण्डबाटै नायिका बेनिशा हमालले आफ्नो इन्स्टाग्राममा एक फोटो पोस्ट गरेकी छिन् जसमा लिखिएको छ गूड् टाइम एन्ड क्रेजी फ्रेण्ड्स मेक द बेस्ट मेमोरिज, भ्याकेशन मूड, बेस्ट फ्रेन्ड, फन, एट एयर्स एन्ड काउन्टिङ, फि फि आइल्याण्ड । नायिका त्रय केकी बेनिशा र रिमाले उप्पर खुट्टी लगाउँदै बिचमा सुतिरहेको फोटो बेनिशाले पोस्ट गरेकी हुन ।

आखिर कती यही हेटिक सेड्युलमा बसिरहने ? पर्सनल टाइम पनि त निकाल्न पर्यो नि । उनिहरु आजाद चरी जस्तै बिचमा रमाइरहेको फोटोबाट प्रस्ट हुन्छ ।