सलोनको ‘बाबु कान्छा’ फष्टलुक पोष्टर सार्वजनिक

फिल्म ‘बाबु कान्छा’को औपचारिक फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । फिल्मको पोष्टरसँगै निर्माण पक्षले रिलिज मिति समेत तय गरेको छ । फिल्म असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ ।

सलोन बस्नेतको मुख्य भूमिका रहेको ‘बाबु कान्छा’ पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन ।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । फिल्ममा अस्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीतलाई रिमिक्स गरेका छन । फिल्मको ट्रेलर चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।