सलिन र मल्लिका यात्रामा सलोन
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
केहि दिन अगाडी राजधानीमा मुहुर्त गरिएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरुभएको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट सुरु भएको हो ।
पहिलो दिन फिल्मको टाइटल गीतको छायाँकन गर्दै टोलि सोलु निस्किएको छ । राजधानीबाटै सुरु हुने फिल्मको गीतको छायाँकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ ।
यसगीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गयानमा भने प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ् दिएकी छिन । फिल्म युनिट गीत छायाँकन गर्दै सोलु पुग्नेछ भने त्यहाँ झन्डै ३ साता फिल्मको छायाँकन हुनेछ । सोलुको जुनबेसी, फाप्लो, सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा फिल्को छायाँकन गरिनेछ ।
फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।
यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्छिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।
फोटो :आर्यन बिमली

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया