सलोन र शोभित बाहेक अरुले पत्याएनन् करिश्मालाई

हिरोइन करिश्मा श्रेष्ठलाई किन अरु निर्माताले नपत्याएका होलान् ? करिश्मा श्रेष्ठ हिरो सलोन बस्नेत र निर्देशक शोभित बस्नेत बाहेक अरुको ब्यानरमा जानै सकिनन् ।
करिश्मा धेरै समय सलोनकै वरिपरी हुन्छिन् । सलोन र करिश्माको प्रेम छ या छैन, यो उनीहरुलाई नै थाहा होला । तर, सलोन बाहेक करिश्माले अरु हिरोसँग काम गर्ने अवसर पनि पाएकी छैनन् ।

फिल्म ‘लभ सब’मा पनि करिश्माको जोडी सलोन नै थिए । यो फिल्म चलेन । शोभितले सलोन र करिश्मालाई राखेर फिल्म ‘झिल्के’ निर्देशन गरे । तर, झिल्के फिल्मको काम अधुरै रह्यो । शोभितले यो फिल्म रिलिज गरेको भए सलोनको अगाडि बढ्दै गरेको फिल्मको यात्रा रोकिने बताए ।
उनले, अहिले सलोन र करिश्मालाई राखेर फिल्म ‘बाबु कान्छा’ बनाएका छन् । यो फिल्म ‘झिल्के’ फिल्मलाई नै मिलाएर बनाइएको हो भन्ने गाँइगुँइ फिल्मको बजारमा सुनिएको पनि छ ।
सलोनविना करिश्मालाई अरुले पत्याएका छैनन् । सलोनकै वरिपरी हिडिरिहँदा करिश्मालाई अरुले नपत्याएका होलान् । करिश्मा पनि सलोनसँगै रमाएकी छिन् । तर, उनको फिल्म लाइनको पाइला कछुवा गतीमा चलेको छ ।