करीना कपूरको रोजाईमा क्रिकेटर विराट कोहली

बलिउडमा क्रिकेटर विराट कोहलीको लोकप्रियता यति छ कि सबै जसोले उनलाई मन पराउँछन् । झन यूवतीहरु त उनलाई देखेर भुतुक्कै हुन्छन् । बलीउड एक्ट्रेस करीना कपूरले पनि विराटलाई मन पराउछिन्। हाल उनी आफ्नो नयाँ फिल्म वीरे दी वेडिंगको प्रमोशनमा ब्यस्त छिन् । थाहा छैन यो कुरा अनुष्का शर्मालाई थाहा भयो कि भएन । प्रमोशनको दौरानमा करीनाले आफूले मन पराउने क्रिकेटर विराट कोहली रहेको र विराट एकदमै हट रहेको बताईन् ।

उनी विराटको फिटनेसबाट पनि निकै प्रभावित रहेको बताईन् । विराट पछि उनलाई सनराइजर्स हैदराबादका कप्तान केन विलियम्सन पनि निकै मन पर्ने बताईन् ।अहिले उनी सैफ अली खानलाई सबैभन्दा बढी मन पराउँछिन् । तैमूरलाई लिएर पनि कुरा काकानी गरिएको थियो, तैमूर पछि के बन्ने छ ? यो प्रश्नमा करीनाले भनिन्, सैफ छोरालाई आफ्नो हजुरबुबा जस्तै क्रिकेटर बनेको हेर्न चाहन्छन् । तैमूर क्रिकेटर या एक्टरमा एक पक्कै बन्ने पनि उनले बताईन् । करिना कपूरका नयाँ फिल्म वीर दी विडिंग जून १ मा प्रदर्शन हुने भएको छ ।