‘रोमियो एण्ड मुना’ गीत तथा रिलिज मिति सार्वजनिक

नयाँ गीत रिलिज गर्दै फिल्म ‘रोमियो एण्ड मुना’टिमले प्रदर्शन मिति तय गरेको छ । फिल्म साउन ११ गतेदेखि प्रदर्शनमा आउने निर्माता प्रशन्न गोपालीले जानकारी गराए ।

‘पल पल’ गीतमा सुक्मित गुरुङको आवाज रहेको छ भने संगीत तथा शब्द विश्व शाहीको रहेको छ । फिल्मका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ भिडियोलाई राजीव समर र निर्देशक नरेशकुमार केसीले कोरियोग्राफी गरेका छन् । गीतको भिएफएक्स पक्ष आइड्रिम एनिमेशनले गरेको हो । छायाँकन शिवराज श्रेष्ठले गरेका छन् ।

फिल्ममा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । फिल्म निर्माणमा विनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।