श्रृष्टीको फेसन सेन्स सकिएछ

मिस नेपाल जित्दा श्रृष्टी श्रेष्ठको उचाई, पहिरनको सेन्सले दर्शकलाई तानेको थियो । श्रृष्टीलाई पहिरन लगाउन जान्ने मिस नेपाल भनेर चिनिन्थ्यो । तर, श्रृष्टी मिस नेपाल भैसकेको धेरै भैसक्यो । अब, उनको फेसनप्रतिको चासो पनि सकिएको हो कि भन्ने भान दर्शक र पत्रकारले गर्न थालेका छन् । युटुब र गुगलमा खोज्ने हो भने श्रृष्टीका विकिनीसुट जति पनि भेटिन्छन् ।

तर, श्रृष्टी फिल्ममा आएपछि उनको क्रेज घटेको छ । फिल्म ‘रोमियो एन्ड मुना’को पत्रकार सम्मेलनमा श्रृष्टीको उपस्थिती सामान्य देखियो । श्रृष्टी सामान्य कुर्ता सुरुवालमा गीत सार्वजनिक कार्यक्रममा पुगेकी थिइन् । पहिलो कार्यक्रममा फिल्मका निर्माता तथा अभिनेता विनय श्रेष्ठले २ विकिनी यूवतीलाई ल्याएपछि उनले ठूलो आलोचना खेपेका थिए । यसैले पनि विनयले दोश्रो कार्यक्रममा त्यो विवाद निम्त्याउन चाहेनन् । तर, श्रृष्टीको सामान्य पहिरनले पहिलो कार्यक्रमले निम्त्याएको विवाद दोश्रो कार्यक्रममा नपरोस् भन्नका लागि लगाइएको हो कि भन्ने शंका पत्रकारले गरेका थिए । विनयले भने पहिरनको आइडिया श्रृष्टीकै भएको बताए । तर, श्रृष्टीको ग्ल्यामर पहिरन मोह अहिले घट्न थालेको छ । अभिनेता सौगात मल्लसँग प्रेममा परेपछि श्रृष्टी पनि बदलिएकी हुन् र ?