‘सुश्री सम्पति’ प्रदर्शन मिति तय, ‘रामकहानी’ संग जुध्दै

सुब्रतराज आचार्यको फिल्म ‘सुश्री सम्पति’को रिलिज मिति तय भएको छ । भदौ २२ रिलिज मिति फाइनल गरेको फिल्म, सुदर्शन थापाको ‘रामकहानी’ संग जुध्ने भएको छ । आचार्य निर्देशित अघिल्लो फिल्म ‘अधकटी’ जस्तै ‘सुश्री सम्पति’मा कमेडी लभ स्टोरी रहेको बताइन्छ । फिल्मको कथा स्वयम निर्देशकले लेखेका हुन् । फिल्ममा सलोन बस्नेत पहिलो पटक लिड रोलमा देखिदैछन् ।

फिल्ममा सलोनका साथ अभिनेत्री सारा सिर्पाली रहने छिन् । त्यस्तै राजाराम पौडेल, जयानन्द लामा, विनोद न्यौपाने, प्रमोद अग्रहरी, रोशनी कार्की आदिको अभिनय रहेको छ । फिल्ममा नायिका प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । फिल्ममा विज्ञान राई, नुनम सुब्बा, रमन सिलकरको लगानी रहेको छ । अर्जुन तिवारीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुरेश अधिकारीको संगीत, भरत रेग्मीको सम्पादन रहने फिल्म राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।