विश्व नेपालीको ‘कोरेर मेरो चित्र’

- मेराेफिल्म

पछिल्लो पुस्ताका चल्तिका गायक विश्व नेपाली एक फरक परिवेश झल्काएको ‘ट्रेजेडी’ गीतलिएर दर्शक तथा श्रोतामाझ आएका छन् । विश्वको स्वर तथा आनन्द राइको संगीत समावेश नयाँ गीति भिडियो ‘कोरेर मेरो चित्र’ हालै युट्युवमा सार्वजनिक भएको छ । गीतको भिडियो पुर्णतः श्यामश्वेत बनाइएको छ ।

फिल्म निर्माण कम्पनि ट्रि इन्टरटेन्मेन्टको तर्फबाट निर्माण भएको गीतको भिडियोमा अभिनेता तथा मोडल नरेन खड्का र सनम घिमिरे फिचर छन् । गीतमा गोपाल रसाइलीको एरेञ्ज छ भने शब्द फिल्म ‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माता दिनेश दर्शनधारीको शब्द लेखन छ । निर्माता तथा व्यवसायी दर्शनधारीले मार्मिक शब्द सहितको गीत लेखन गर्दै रचनाकारको रुपमा पनि आफ्नो अब्बलता प्रस्तुत गरेका छन् ।

दिपेश सापकोटाको निर्देशन गर्दा सुशन प्रजापतिले भिडियोको छायांकन गरेका छन् भने सम्पादन उज्जल ढकालको छ । क्लासिक शैलीमा श्यामश्वेत रंगमा तयार गीतको भिडियोलाई आर्टि्सटिक बनाइएको छ । प्रेम वियोगमा एक प्रेमीले प्रेमिकाप्रति समर्पित गरेका मार्मिक शब्दहरु गीतले बोल्छ । १० बर्षको उमेरबाटै गायन क्षेत्रमा आफूलाई अघि सारेका गायक विश्व पछिल्लो क्रममा देश विदेशका स्टेज कार्यक्रमदेखि फिल्म गायनमा पनि व्यस्त छन् ।

२०७५ जेठ १२ गते १७:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *