फिल्म ‘ए मेरो हजुर ३’मा ‘अनमोल केसी’ र ‘सुहानी थापा’ लिड रोलमा

फिल्म ‘ए मेरो हजुर ३’ मा नायक अनमोल केसी र नायिका/निर्देशक झरना थापा की छोरी सुहानी थापाको जोडी लिड रोलमा हुने पक्का भएको छ ।

निर्देशक झरना थापाले यो कुराको पुष्टी गरेकी छिन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन भने निर्देशन झरना थापाले नै गर्नेछिन् । आगामी भदौ देखि छायाङ्कनमा जाने फिल्म नयाँ बर्षमा रिलिज गर्ने गरी तयारी थालेको निर्देशक झरना थापाले जानकारी दिएकी छिन् । फिल्ममा हरिहर अधिकारीको कथा रहनेछ ।