जापानमा ‘सुर्य इन्टरनेशनल अवार्ड’ हुँदै

जापानमा पहिलो पटक नेपाली फिल्म र संगीत सम्बन्धी अवार्ड हुने भएको छ ।
इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न लागेको हो । लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले अवार्डको घोषणा गरेको हो । डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना हुनेछ ।
विश्वकै सबै भन्दा ब्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठुलो साँस्कृतिक कार्यक्रम बिच अवार्ड सन्चालन हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताएका छन ।
अवार्डमा नेपालबाट नयाँ तथा पुराना ख्याती प्राप्त कलाकारहरु टोकियो जानेछन । सुर्य इन्टरनेशनल अवार्ड नाम दिइएको उक्त अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा उत्कृष्ट ५ नोमिनेसन छनोट गरी अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड प्रदान गरिने आयोजकको भनाई छ ।
सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा अवार्ड समारोहको आयोजना हुनेछ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया