कतारमा ‘रामकहानी’ छायांकन अनुमती लिन नै ८ लाख खर्च !

नेपालको छायांकन सकेर फिल्म ‘रामकहानी’का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा यतिबेला कतार पुगेका छन् । उनीहरु फिल्म ‘म यस्तो गीत गाउँछु’को विशेष शोका लागि कतार पुगेका हुन् भने हाल छायांकन भैरहेको फिल्म ‘रामकहानी’को केही दृश्यको छायांकन पनि कतारमा गरिएको छ ।

निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार, यो फिल्मको सुरुवात कतारबाट नै हुनेछ । कतारमा नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही कलाकारले अभिनय गरेका छन् ।

कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । उनकै, सहयोगमा फिल्मको छायांकन गर्न सम्भब भएको सुदर्शनले जानकारी दिएका छन ।

सुदर्शनले भने–‘हामीलाई फिल्मको छायांकनका लागि अनुमती लिन नै ८ लाख खर्च गर्नुपर्‍यो । अब, नेपालमा एउटा गीतको छायांकन गर्न बाँकी छ ।’

फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतको मुख्य भूमिका रहेको छ । फिल्म भदौ २२ गतेबाट रिलिज हुँदैछ ।

यसअघी फिल्मको ‘तिम्रो लागि म’ बोलको गीत सार्वजनिक भैसकेको छ ।