गायक शिव परियार सवारी दुर्घटनामा, ग्राण्डी अस्पतालमा उपचार हुँदै

चर्चित गायक शिव परियार सवारी दुर्घटनामा परेका छन । सामाखुशि बसुन्धरा रुटमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरी पछाडीबाट आएको बा ७८ प ८५११ नम्बरको एफ.जेड बाइकले ठक्कर दिएको थियो ।

ठक्करबाट उनको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । हाल उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । उनीसँगै बाइकमा रहेक अर्का गायक कर्णराज गिरी भने सामान्य उपचार पछि घर फर्किने तयारीमा रहेको शिवले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै जानकारी दिएका छन । उनले भनेका छन ‘खतरा मुक्त छु’ ।