निताले लगाएको ‘गाउन’को मुल्य कति ?

नेपाली हिरोइनहरु हरेक कार्यक्रममा भिन्न भिन्न ड्रेसअपमा उपस्थित हुन्छन । उनिहरुको पहिरनले उती चर्चा पाउँदैन । तर, उनीहरुको चर्चा तब हुन्छ जब त्यहि ड्रेसले उनिहरुलाई धोका दिन्छ । अथवा भनौँ जब उनिहरु ‘वार्डरोप मालफक्सन’को शिकार बन्छन ।

तर, केही दिन अगाडी सम्पन्न एक अवार्ड समारोहमा नायिका निता ढुंगानाको ड्रेसको निकै चर्चा भयो । उनले लगाएर आएको गाउन आकर्षण केन्द्र बन्यो । उनले सो अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड समेत प्राप्त गरिन ।

उत्तम बनेपालीद्वारा डिजाइन गरिएको उक्त ट्रेडिसनल गाउनको मुल्य कति होला ? धेरैको मनमा प्रश्न छ । नितालाई हामीले जिज्ञासा राख्यौँ, कति पर्यो ड्रेसको ? उनले भनिन ‘पैसा आफ्नो ठाउँमा छ, म हरेक कार्यक्रममा जाँदा सजिएर नै जान्छु’ ।

उक्त गाउन बनाउन कति दिन लाग्यो होला त ? डिजाइनर बनेपालिले भने, ‘३-४ दिन’ ।

‘यो पहिले मैले लेहेङ्गा बनाएको थिएँ । पछि निताजीले मलाई दाइ एक अवार्ड कार्यक्रमका लागि ड्रेस बनाइदिनु पर्यो भनेर फोन गर्नु भयो ४-५ दिन अगाडी । अनि त्यही लेहेङ्गालाई मोडिफाई गरेर लेहेङ्गाको माथि नेट जोडेर उक्त गाउनको डिजाइन गरेँ’, बनेपालीले भने ।

गाउनसँगै उनले शिरमा क्राउन लगाएकी थिइन । निताले उक्त गाउनको मूल्य बताउन नचाहे पनि डिजाइनर बनेपालीले भने उक्त ड्रेसको मूल्य बताए । उनको जवाफ थियो २५,००० (पच्चिस हजार) ।