अनमोल केसी मिलन चाम्सको फिल्ममा अनुबन्धित

नायक अनमोल केसीले निर्देशक मिलन चाम्सको फिल्म साइन गरेका छन् । हिजो मात्र फिल्म ‘ए मेरो हजुर ३’ साइन गरेका अनमोल मिलन चाम्सको फिल्ममा समेत अनुबन्धित भएका छन् ।

अनमोलले ए मेरो हजुर ३ सकेपछी मिलन चाम्सको फिल्म खेल्नेछन । अनमोल केसी र निर्देशक मिलन चाम्सले यो कुराको पुष्टी गरेका हुन । निर्देशक चाम्सले भने ‘अनमोलसँग हाम्रो कुरा पहिले नै भएको हो । सम्झौता भैसकेको हो भन्दा पनि हुन्छ । क्याप्टेन सकेपछी अनमोललाई लिएर मैले लभ स्टोरी फिल्म गर्ने प्लानिङ थियो । तर, बिचमा झरनाजीहरु आउनु भयो । उहाँले छोरी सुहानीलाई लिएर फिल्म गर्दै हुनुहुन्छ । सुहानी अमेरिकाबाट नेपाल आउनु पर्ने र उनको स्टडीले टाइम नमिल्ने भएका कारण हाम्रो आपसी समझदारीमा पहिले ‘ए मेरो हजुर ३’ सुटिङ गर्ने र पछी मेरो फिल्म गर्ने पक्का गरेका हौँ’ ।’

चाम्सले यसअघी नै नायिका बर्षा सिवाकोटीलाई लिएर फिल्म ‘वीर बिक्रम २’को घोषणा गरिसकेका छन ।

अब ‘वीर बिक्रम २’को छायाङ्कन सकेर अनी अनमोललाई लिएर फिल्म गर्छु,’ चाम्सले भने । हालसम्म नाम नजुरेको फिल्मको पूर्ण छायाङ्कन देश बाहिर नै हुने छ । हाल होम प्रोडक्शनको चलचित्र ‘क्याप्टेन’को छायाङ्कनमा ब्यस्त अनमोलले सम्भवत यस बर्ष ३ फिल्मको छायाङ्कन सक्नेछन ।