अर्पणलाई अभिनय नै ठिक

अभिनेता अर्पण थापाको अभिनयको तारिफ गर्नेहरुको ताती नै छ । अर्पण जस्तो भूमिका पनि निर्वाहा गर्न सिपालु छन् । फिल्ममा अभिनय गर्दागर्दै अर्पणले फिल्मको निर्देशन पनि गरिरहेका छन् ।
तर, तेश्रो फिल्म निर्देशन गरेका अर्पणलाई अभिनय नै ठिक छ भन्ने समिक्षा हुन थालेको छ । अर्पणले निर्देशन गरेको पहिलो फिल्म ‘मुखौटा’लाई त समिक्षक र दर्शकले फिल्म नै भनेनन् । अर्पणले फिल्म बनाएकी के बनाए भन्ने आलोचना भयो ।
अर्पणले दोश्रो फिल्म ‘आधा लभ’ निर्देशन गरे । यो फिल्मले पनि हलमा दर्शकलाई आकर्षित नै गरेन । अर्पण दोश्रो पटक पनि असफल भएका थिए ।
फिल्ममा फरक टेष्ट खोजेपनि अर्पणले दर्शकलाई कन्भिन्स गर्न सकेका छैनन् ।
अर्पणले निर्देशन गरेको तेश्रो फिल्म ‘सुनकेशरी’ रिलिज भैसकेको छ । फिल्म रिलिज भएको २ दिनमा व्यापार राम्रो छ । मल्टिप्लेक्स हलहरुमा फिल्मले शुक्रबार र शनिबार राम्रो ओपनिङ गरेको छ । आजबाट फिल्मको व्यापार खस्किएको छ ।
यो फिल्मलाई अर्पण र ऋचाले हरर भनेर पब्लिसिटी गरेका थिए । तर, फिल्म हेर्न जाने दर्शक डराउनु भन्दा पनि हाँसेर फर्किए । यो निर्देशकको कमजोरी हो ।
अर्पणले यो फिल्म नचलेको अवस्थामा ७ बर्ष नेपालमा हरर फिल्म नै नबन्ने बताएका थिए । तर, हरर भनेर दर्शक हसाँउने अर्पणको निर्देशकिय क्षमता तेश्रो पटक पनि असफल भएको छ । यसैले, अर्पणले अभिनय नै गरेको ठिक भन्ने समिक्षा आउन थालेका छन् ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया