पुरस्कार पाएपछि बल्ल गए आर्यन

नेपालमा हुने अवार्डमा कलाकारको उपस्थिती हुदैन । कलाकारहरु अवार्ड पाउने पक्का भएपछि मात्र अवार्डमा पुग्छन् । राजधानीको राष्ट्रिय सभागृहमा भएको दशौ डी सिने अवार्डमा कलाकार उपस्थित नै भएनन् । अनमोल केसी र नीता ढुंगानाले अवार्डको इज्जत जोगाइदिए ।

नोमिनेशनमा परेका धेरै फिल्मीकर्मीले अवार्ड कार्यक्रममा जान आवश्यक नै ठानेनन् । तर, शुक्रबार पनि डी सिने अवार्डको आयोजकले अर्को कार्यक्रम गर्यो । दशकको अवार्ड भन्दै विभिन्न फिल्मीकर्मीलाई अवार्ड वितरण गरियो । तर, कार्यक्रममा ती फिल्मीकर्मी पुगे जो बिहिबारको अवार्डमा पुगेका थिएनन् ।

संगीतकार अर्जुन पोखरेल अवार्डमा पुगेनन् । उनी संगीतकार, गीतकारको विधामा नोमिनेशनमा थिए । तर, दशकको संगीतकारको सम्मान थाप्न भने उनी शुक्रबार पुगेका थिए । अभिनेता आर्यन सिग्देल पनि अवार्डमा पुगेनन् । उनी, नोमिनेशनमा नपरेकाले पनि नपुगेका होलान् । तर, शुक्रबार उनी दशकको अभिनेताको पुरस्कार थाप्न पुगेका थिए ।

कलाकारहरुको अवार्ड पाउने फाइनल भएपछि मात्र अवार्ड कार्यक्रममा पुग्ने बानीले आयोजकलाई हैरान बनाएको छ । कलाकारलाई अवार्डमा सहभागी गराउन नसक्ने आयोजकको कमजोरी हो कि, अवार्ड पाउने फाइनल भएपछि मात्र पुग्ने कलाकारको कमजोरी होला ?