फिल्म ‘चि मुसी चि’को पहिलो गीत सार्वजनिक (भिडियो)

श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘चि मुसी चि’को पहिलो गीत रिलिज गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् । यी दुईको यो डेब्यू फिल्म हो । गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् ।
म्यूजिकल थ्रिलर जनरामा निर्मित यस फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।
डिआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल डेब्यू ब्वाई सुनिलले ‘चि मुसी चि’को कथाले आफूलाई आकर्षित गरेको बताए । चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका ‘चि मुसी चि’मा निर्वाह गर्न पाएकोमा प्रफुलित देखिईन् ।
शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया