फिल्म ‘सुनकेशरी’को तिन दिने कलेक्सन कति ?

नेपालको इतिहासमा हरर जनराको फिल्म चलेको उदाहरण खासै भेटिन्न । जति पनि फिल्म निर्माण भएका छन् तिनीहरुले लगानी सुरक्षित गरेको अनुभब पनि खासै छैन भन्दा हुन्छ । तर पछिल्लो समय नायिका निर्मात्री रिचा शर्माले निर्माण गरेको हरर जनाराको फिल्म ‘सुनकेशरी’ भने अपवाद बन्यो ।

हरर फिल्म चल्दैन भन्ने सोच र मान्यतालाई चिर्दै फिल्मले प्रदर्शनको ३ दिनमै लगभग करोड आसपासको कलेक्सन गर्न सफल भएको छ । डेड करोड भन्दा बढीको लगानीमा निर्माण भएको सुनकेशरीले प्रदर्शनको तेश्रो दिन सम्म आइपुग्दा ८२ लाख भन्दा बढी कलेक्सन गर्न सफल भएको हो ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले ओपनिङ डेमा नेपालभरबाट कुल २४ लाखको कलेक्सन गरेको थियो । राजधानी भित्र तिन दिनमा कुल ६० लाख ६१ हजार भन्दा बढीको कलेक्सन गरेको फिल्मले मोफसलमा २२ लाख ११ हजार भन्दा बढीको कलेक्सन गर्यो । आइतबारसम्म अल नेपाल फिल्मले कुल ८२ लाख ७२ हजारभन्दा बढी कलेक्सन गरेको निर्मात्री/नायिका रिचा शर्माले जानकारी दिएकी छिन् ।

सुनकेशरीको कलेक्सनले हरर जनाराको फिल्म पनि नेपालमा चल्न सक्छ भन्ने मान्यता स्थापित गराएको निर्मात्री/नायिका रिचा शर्माले बताइन । उनले भनिन ‘म सुनकेशरी प्रति विस्वस्त थिएँ, मेरो विश्वासले सार्थकता पाएको छ । फिल्मको तिनदिने कलेक्सनले हामीलाई अझै हौसाएको छ’ ।

सुनकेशरीमा रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानी रहेको छ भने अर्पण थापाको कथा तथा निर्देशन रहेको छ । फिल्ममा रिचा शर्मा, रबिन्द्र झा लगायत नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ ।