मुन्ना भाई एमबीबीएसको तेस्रो सिक्वेल बन्ने

मुन्ना भाई एमबीबीएस र लगे रहो मुन्ना भाई पछि अब मुन्ना भाईको तेस्रो सिक्वेल बन्ने भएको छ । अघिल्लो दुईओटै फिल्म हिट भएपछि निर्देशक राजकुमार हिरानीले मुन्ना भाईको तेस्रो सिक्वेलको निर्माण गर्ने बताएका छन् ।

सिक्वेलमा पनि मुन्ना भाई र सिर्कुट फेरी पनि फिल्म मा देखिने छन् । मुन्ना भाईको रोलमा सन्जय दत र सिर्कुटको रोलमा अर्शाद वार्सी दुबैलाई लिएर हिरानीले सो फिल्म बनाउने भारतीय संचारमाध्यमले जनाएका छन् । निर्देशक हिरानीका अनुसार आफूहरुले मुन्ना भाई एमबीबीएसको तेस्रो सिक्यूएल बनाउन पहिले देखि नै चाहिरहेको तर स्कृप्ट भने जस्तो नभेटिएको कारण बनाउन नसकेको बताए । तर अहिले स्कृप्ट भनेकोजस्तै भेटिएको कारण आफुहरु फिल्म निर्माण गर्न तयार भएको पनि उनले बताए ।