अर्जुनले छोडे घर, पत्नीसंग खटपट

बलिउड अभिनेता अर्जुन रामपालको पत्नी मेहर जेसियासँग सम्बन्ध बिग्रिएको कारण उनले घर छोडेको खबर बाहिरिएको छ । साथै पत्नी जेसिया तथा छोरीहरु माहिका र माहिरा अलग बसिरहेका छन् ।

स्रोतका अनुसार ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँग बढ्दो निकटताका कारण अर्जुन रामपालको वैवाहिक जीवनमा तनाव थपिएको हो । पछिल्लो वर्ष एक पार्टीमा जेसिया र सुजैन खानबीच झगडा समेत भएको थियो । सुजैनसँग बढ्दो निकटताले जेसिया तनावमा थिइन् । त्यस्तै ऋतिक र सुजैनबीचको सम्बन्ध विच्छेद हुनुको कारण पनि अर्जुनसँगको निकटतालाई मानिएको थियो।